Subscribe

RSS Feed (xml)

Powered By

Skin Design:
Free Blogger Skins

Powered by Blogger

01 December, 2008

मृत्‍यु एक रहस्य

मृत्‍यु एक रहस्य

(यि हरफहरु समाजमा अर्थपूर्ण प्रभाव पर्ने केही मनिसहरुको मृत्‍यु पछी यस ब्लगरको हृदयमा गुज्रेको भाव सँग सम्बन्धित छन। )

हरेक जीवन सँगै मृत्‍यु जन्मन्छ। मृत्‍युले प्रयोग र अनुभवले सम्हाल्न नसकेको ज्ञानको अपवादलाई स्रिजना गरेको हुन्छ। मानव जीवनको सर्वमान्य तर कसैले स्विकार गर्न नसकेको गुरुत्वको सघन केन्द्र हो मृत्‍यु, जहाँ हरेक जीवन सरिता विसर्जन हुन्छ। परिवर्तनको नियमले र समयको क्षितिजले बह्रमाण्डका हरेक वस्तुलाई मात्रै होइन, जैबिक सम्बेदना, मानव मन र चेतनालाई पनि छोपेको सत्य मृत्‍युले हरेक पटक उजागर गर्न खोजिरहन्छ। प्रयोग, अनुभव र बुद्धिको दायरामा अटन नसक्नुको विशिष्टताले गर्दा नै, यो सधैं कव्यात्मक आकर्षण र अध्यात्मिक खोजको प्रेरणा र बिषय बनेको हुन्छ। मानविय चेतनाको अद्वितिय उचाइ चुमेको जीवनको उपसंहार मात्रै होइन, जडता, मुढता र निक्रिष्ट बेहोशिमा धकेलिएको जीवनको निछोड पनि हो भनी मृत्‍युले प्राकृतिक नियमको पूर्णताको सधैं उद्घोष गररहेकै हुन्छ।

No comments:

Post a Comment