Subscribe

RSS Feed (xml)

Powered By

Skin Design:
Free Blogger Skins

Powered by Blogger

22 October, 2008

तलाश-१

बुद्धि सुतेको बेला
चतुर्याँई थाकेको बेला
आफूँसित एक्लै हुँदा म विस्तारै सुसेल्छु-
हेल्लो पृय!

तर उ आफ्नो सुरमा हुन्छ,
कहिले एकोहोरो सुफी धूनमा मस्त
त कहिले विद्रोहको फुँकार
कहिले प्रणयको गीत
त कहिले टोहोलाइरहन्छ सुन्सान।
कहिले विस्तारै पुर्लुक्क हेर्छ

अनि सुस्तरी फुस्फुसाउछ-जाने हो?
सोध्छु- कहाँ?

रहस्यमय उसका ओठ फुस्कनछन्-
जहाँ गन्तव्य पुग्न हतार छैन,
जहाँ विछोडमा पिडित हुनु पर्दैन,
जहाँ अरुलाइ हराएर खुशी हुनु पर्दैन,
जहाँ जिन्दगी दोहोर्याएर बाँच्न लोभ् लाग्दैन,

उ बर्सदै जान्छ मानौँ साउने झरी हो-
जहाँ तिमि आफुँ भएर बाँच्न पाउछौ,
जहाँ गल्ती गर्दा दू:ख मान्नु पर्दैन, न त अपराधबोध,
जहाँ हुरीझैँ उन्मुक्त वहन पाइन्छ,
जहाँ नदी झैँ वग्न पाइन्छ,
जहाँ विजुली झँ गड्कन पाइन्छ,
जहाँ वर्षा भै मनभरी रुन पाइन्छ ,
र, जहाँ मृत्यु सहर्ष स्विकार हुन्छ्।

तर म किंकर्तव्यविमुढ!
डरले भन्छ-पागल हुने मन छ र!

आश्चर्य अचम्भित-त्यस्तो पनि हुन्छ र!
अविश्वास शन्का गर्छ-धत वहियात कुरा!
बुद्धि थकित-म त हार खाइसकें!

म एक्लै छु, सुनसान सडकमा
न त दिशा पत्तो,
न त प्रकाश बोध,
उभिएको छु अवाक्।

कहाँ जाने थाह छैन-हिड्दै छु
पीडित छु-थाह छैन पीडा के हो?
घायल् छु-पत्तो छैन कहाँ छ घाउ?
रित्तो छु-होश छैन मागुँ के?
अहो यस्तो रहस्य!!

3 comments:

  1. Good one Netrajee!

    Happy blogging!!

    ReplyDelete
  2. Thank you Basantjee for your comment.

    ReplyDelete
  3. Nice composition!
    It's my first visit to your blog. and I found it very interesting. will keep visiting for sure!
    Happy blogging!!

    ReplyDelete